पानीमा डुबेर मृत्यु

काठमाडौं, असार ५ गते
    दाङ : घोराही उपमहानगरपालिका–१३ आनन्दनगर झमरे सोताको बाँधको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय शोभाराम बादी सोमबार फेला परेका छन् ।
    सुनसरी : घर नजिकै पानी जमेको पोखरीमा डुबिरहेको अवस्थामा आइतबार फेला परेकी गडी गाउँपालिका–२ छप्की टोल बस्ने हरिनारायण यादवकी १ बर्ष ६ महिनाकी छोरी राधिकाकुमारी यादवको तत्काल उद्धार गरी उपचारको लागि बिराटनगर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।