सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, असार ५ गते
    सर्लाही : बाग्मती नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गमा ज.८ प ६४२७ नम्बरको मोटरसाइकलले  हरिवन नगरपालिका–९ बस्ने २० वर्षीय यमध्वजले चलाएको साइकललाई सोमबार ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने १७ वर्षीय जयनिल महतोको घटनास्थलमै मृत्यु भएको छ ।  मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सन्तोषकुमार महतो र साईकल चालक घाइते भएकोले नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । उनीहरु कक्षा ११ को परीक्षा दिई घर फर्कनेक्रममा दुर्घटना भएको थियो ।
    सप्तरी : राजबिराज नगरपालिका–९ स्थित औद्योगिक क्षेत्र मलेठस्थित राजबिराज–रुपनि सडक खण्डमा को .१ ख ४२२५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सोमबार दुर्घटना हुँदा बसमा यात्रा गर्ने नेगडा–३ बस्ने ३५ वर्षीय  फुलकुमार यादब लगायत १३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि सगरमाथा अञ्चल अस्पताल पठाइएको र अवस्था समान्य रहेको छ । सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी कार्य गरिरहेको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।