चक्कु प्रहारबाट घाइते, अभियुक्तमध्ये एकजना पक्राउ

सर्लाही, असार ५ गते
    मलंगवा नगरपालिका–६ खुटौना बस्ने ४० वर्षीय रामएकवाल पासवान सोमबार चक्कु प्रहारबाट घाइते भएका छन् । आफ्नै घरमा सुतिरहेको अबस्थामा छिमेकी २७ वर्षीय अजय पासवान र भारतिय नागरिक ३ जना समेतले मोबाईलको बिषयलाई लिएर सामान्य बादबिबादको कारण चक्कु प्रहार गर्दा घाइते भएका पासवानलाई उपचारको लागि जिल्ला अस्पताल सर्लाही लगिएको र अबस्था मध्यम रहेको छ ।
    चक्कु प्रहार गर्ने अजय पासवानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भई चक्कु सहित फरार भएका अन्य ३ जना भारतिय नागरिकको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।