ढुंगा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

संखुवासभा, असार ५ गते
    छिमेकीको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका भोटखोला–२ च्यामताङ बस्ने ३७ वर्षीय छिनाङ भोटेको स्वास्थ चौकी चेपुवामा उपचारको क्रममा मृत्यु भएको छ ।
    सोही ठाउँ बस्ने ५४ वर्षीय छिमिक भोटेले आइतबार बाटोको विषयलाई लिएर भएको वादविबादमा ढुङगा प्रहार गर्दा गम्भीर घाइते भएका छिनाङको उक्त स्वास्थ्य चौकीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
    कुटपिट गर्ने छिमिक भोटेलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।