आगलागीबाट क्षति

डडेल्धुरा, साउन २ गते
    परशुराम नगरपालिका–७ घुम्तेगाडा बस्ने गगन बहादुर सिंहको घर,गोठमा करेन्ट सर्ट भई आगलागी हुँदा करीव १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । आगलागीबाट १ गोरु र १ वटा गाई जलेर मृत्यु भएको थियो ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।