मृत अवस्थामा फेला


बर्दीया, साउन २ गते
    कर्णाली चिसापानी पुलबाट हामफाली बेपत्ता भएका कैलाली लम्कीचुहाँ नगरपालिका–२ बस्ने ४५ बर्षीय महानन्द जोशी मृत अवस्थामा फेला परेका छन् ।
    असार २८ गते पुलबाट हामफालेका उनको खोजतलास गर्दा सोमबार बर्दीया गेरुवा गाउँपालिका–१ सर्खोल स्थित कर्णाली नदीको किनारमा सडीगली सकेको अवस्थामा शव फेला परेको थियो ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।