डुबानमा परी मृत्यु तथा बेपत्ता


काठमाडौं, २९ साउन
    कैलाली : टिकापुर नगरपालिका–९ खग्रौला बस्ने लथुराम चौधरीको ८ वर्षीया छोरी श्रृजना चौधरीको घर नजिकै रहेको कल्भर्टको पानीमा खेल्ने क्रममा शनिबार डुबेर मृत्यु भएको छ ।
    धनुषा : गणेशमान चारनाथ नगरपालिका–१ स्थित फुलवरिया बस्ने २२ वर्षीय राजाराम यादव गाई चराएर घर फर्कने क्रममा शनिबार चारनाथ खोलाले बगाएर मृत्यु भएको छ ।
    सर्लाही : बाग्मती नगरपालिका–१२ बथानेस्थित बाग्मती नदीको किनारामा शनिबार बगाई ल्याएको अवस्थामा अंदाजी ६० वर्षीय पुरुष ब्यक्तिको शव फेला परेको छ ।
    पर्सा : जगरनाथपुर गाउँपालिका–१ पिपरडाली बस्ने ५५ वर्षीय बुनी महतो भैंसी चराई घर फर्कदा शनिबार खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् ।
      मकवानपुर : बकैया गाउँपालिका–६ माण्डुगाउँ कुनटोल बस्ने ४२ वर्षीय बिरबहादुर घलान घर जाने क्रममा शनिबार बुङगेखोला तर्दै गर्दा खोलाले बगाई बेपत्ता भएका छन् ।
    मोरङ : सुन्दरहरैचा नगरपालिका–४ बुढी खापस्थित लक्ष्मीनारायण मन्दिर परिसर भित्र कुटी बनाई बसेका  ६२ वर्षीया साबित्रा थापामगर, संखुवासभा घर भएका ६३ वर्षीया लिला दाहाल र झापा झिलझिले घर भएका ८० वर्षीय गोबिन्द कार्की शनिबार बुढी खोलामा आएको बाढीले बगाई बेपत्ता भएका छन् ।
     स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले बेपत्ता भएका व्यक्तिहरुको खोजतलास गरिरहेको छ ।