गुडिरहेको बसमा पहिरो खस्दा मृत्यु तथा घाइते


सल्यान, २९ साउन
    कपुरकोट गाउँपालिका–३ स्थित सल्यानबाट दाङतर्फ जाँदै गरेको ना.३ ख ३२३० नम्वरको बस गुडिरहेको अवस्थामा माथिबाट पहिरो खस्न गई बस च्यापिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको नाम,थर,वतन खुल्न सकेको छैन । घटनामा अन्य ११ जना घाइते भएकोले उपचारको लागि तुलसीपुर दाङतर्फ पठाइएको छ ।