अमेरिकी डलरसहित पक्राउ

काठमाडौं, २८ भदौ
    कागेश्वरी मनहरा बस्ने मकवानपुरको बसामाडी–६ का ३३ वर्षीय निमा रिन्जीन र सिन्धुपाल्चोकको फुलपिङ्गकोट–३ का  १९ वर्षीय राज कार्कीलाई अमेरिकी डलर १ सय दरका १ सय ८८ थान र ५० दरका २४ थान गरी जम्मा २० हजार अमेरिकी डलर सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारस्थित बागमती पुलमा बा.१९ प ६०५६ नम्बरको मोटरसाइकलमा सवार निमा र राजलाई जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर फेला परेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।