लागू औषध चरेस सहित पक्राउ

काभ्रेपञ्चोक, २८ भदौ
    चितवनको मंगलपुर–२ बस्ने ५२ वर्षीय दिपक लामा, काभ्रेको पाँचखाल नगरपालिका–१० बस्ने ४८ वर्षीय कान्छा सार्की र काठमाडौं महानगरपालिका–१ सितापाईला डेरा गरी बस्ने सोलुखुम्बुको भकन्जे–६ का ३१ वर्षीय ज्ञानबहादुर बस्नेतलाई २ केजी अबैध लागूऔषध चरेस सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    काभ्रेको बनेपा नगरपालिका–१४ स्थित काक्राबारी सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका लामा र सार्कीलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त लागूऔषध फेला परे पश्चात् सोधपुछका क्रममा बिक्रीमा संलग्न रहेका ज्ञानबहादुर बस्नेतलाई काठमाडौं माछापोखरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।