मृत अवस्थामा फेला

काठमाडौं, २८ भदौ
    रसुवा : काठमाडौ पुरानो बानेश्वर भई हाल गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रु बजारमास्थित डेरा गरी बस्ने ३७ वर्षीय सुरभ अर्याल कोठामा बुधबार मृत फेला परेका छन् ।
    मकवानपुर : मनहरी गाउँपालिका–६ लोथर खोलाको बगरमा राक्सिराङ गाउँपालिका–६ बस्ने ६० वर्षीय गिरिजालाल चेपाङ खोलाले बगाई ल्याएको अवस्थामा बुधबार मृत फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।