दशैं–तिहार विशेष सुरक्षा योजना २०७४ ल्याइएको

चितवन, २८ भदौ
    राजमार्गमा हुने चोरी डकैती निरुत्साहित गर्न, बजारमा कालोवजारी र कृत्रिम अभाव सृजना हुन नदिन, तत्कालै प्रहरी परिचालन र विस्तार गर्न, राजमार्गको लाइफलाइन सुचारु राख्न, जनतामा प्रहरीको सहभागितामा वृद्धि गर्न र तत्काल खोजतलास उद्धार र कानूनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनले दर्शै–तिहार विशेष सुरक्षा योजना २०४७ ल्याएको छ ।
    उक्त योजना अन्तर्गत राजमार्गमा चल्ने सवारी साधनहरुलाई आ–आफ्नो जिम्मेवार क्षेत्रमा स्कर्टिङ्ग गर्ने, सादा पोशाकले बैँक तथा वित्तिय संघ संस्था, बढी आर्थिक कारोवार हुने स्थानहरुमा अनुगमन गर्ने, चोरी लुटपाट जस्ता घट्ना घट्न नदिन जिल्लामा मोटरसाइकलमा २ जनाको टोली २४सै घण्टा परिचालन गर्ने तथा मातहत ईकाइले समेत बढी कारोवार हुने स्थान तथा बैँक र वित्तिय संस्थाको कारोवारको समयमा सुरक्षा व्यवस्थाको अनुगमन गर्ने उक्त विशेष योजनाको अवधारणा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    साथै यात्रुहरुका समस्या तथा बस काउन्टरवाट प्रदान गरिने सेवालाई व्यवस्थीत र पारदर्शी गराउने उद्देश्यले भरतपुर महानगरपालिका–९ स्थित केन्द्रीय वसपार्क र सोही महानगरपालिका–१ पुल्चोकमा यातयात व्यवसायिको प्रतिनिधि समेत रहने गरी हेल्पडेस्कको स्थापना गरिएको, दिवा तथा रात्रीकालीन सवारीलाई स्कर्टिङ गरी सुरक्षित गन्तव्य सम्म पु¥याउने तथा टिकट काउन्टरहरुको मनिटरिङ्ग, कुनै घट्ना घटेको वा हुन सक्ने अवस्थामा सृजना हुन पुगेको अवस्थामा आकस्मिक जाँच समेतको व्यवस्था गरिएको सो कार्यालयले जनाएको छ ।