प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद जोशीबाट प्रहरी टोलीको विदाई

काठमाडौं, २८ भदौ
    प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद जोशीले डार्फर सुडान अनमिड मिसनमा यही भदौ ३१ गते खटिई जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा बिदाई गर्नुभयो ।
    सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले मिसनमा खटी जाने प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै मिसनमा व्यक्ति खटी जाने भएपनि संगठन र राष्ट्रको प्रतिनिधित्व हुने मनन गरी काम गर्नुपर्ने बताउनुभयो । मिसनका  महत्वपूर्ण पदमा बसेर कार्य गर्दा सकारात्मक सोच र मेहनतका काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
    त्यसतर्फ खटी जान बिदाई हुनेहरुमा प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाट, प्रहरी निरीक्षक हेमबहादुर केसी, प्रहरी नायब निरीक्षकहरु प्रदिपकुमार चन्द, सुवास कटुवाल, रमेशप्रसाद पाण्डे, सुरेन्द्र राउत, रेशमलाल पौडेल, दुर्गादेवी श्रेष्ठ र प्रहरी हवल्दार बलिन्द्रबहादुर बस्नेत रहेका छन् ।