हसिया प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

सप्तरी, २८ कात्तिक
    बोदेबरसाईन नगरपालिका–३ बस्ने ४० वर्षीया ललितादेबी यादबको उनकै पति ४२ वर्षीय जयप्रकाश यादबले हसिया प्रहार गर्दा मंगलबार मृत्यु भएको छ ।
    आफ्नै खेतमा दुबैजनाले धान काटिरहेको अवस्थामा आपसी झै–झगडा हुँदा धान काट्दै गरेको हसियाले घाँटी छिनाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले जयप्रकाशलाई पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।