आगलागीबाट धनमाल क्षति

काठमाडौं, २९ कात्तिक
    सप्तरी : छिन्नमस्ता गाउँपालिका–१ बस्ने वकिल मीश्राको हावा महलमा बालेको दियोबाट मंगलबार आगो सल्किदा १ वटा हावा महल र २ वटा गाईको ग्वालीमा आगलागि हुँदा करीब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    महोत्तरी : भंगाहा नगरपालिका–७ स्थित मेघनाथ गोरहन्नाह बस्ने श्याम बाबु चौधरीको सरिना हार्डवेयर पसलमा मंगलबार बिजुली सर्ट भई आगलागी हुँदा सिमेन्ट ३ सय बोरा, नगद १ लाख ५० हजार र अन्य समान समेत जली करीब ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    सिराहा :  लहान नगरपालिका–२४ खेस्रा बस्ने बल बहादुर सार्कीको फुसको छानो भएको २ तले घरमा मंगलबार बिजुली सर्ट भई आगलागी हुँदा करीब ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।