सवारी दुर्घटनामा मृत्यु तथा घाईते

काठमाडौं, २९ कात्तिक
    लमजुङ : मस्र्याङदी गाउँपालिका–६ ठुलोवेशी स्थित भित्रि सडक खण्डमा ठुलोवेशीबाट बेशीशहरतर्फ जाँदै गरेको अन टेष्ट ट्याक्टर मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक चितवन खैरेनी नगरपालिका–२ बैरेनी बस्ने ३५ बर्षीय दिपक चौधरी घाईते भई उपचारको लागि सामुदायिक अस्पताल बेशीशहर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
    मकवानपुर : हेटौडा उपमहानगरपालिका–३ लेवट चोक स्थित हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ४८०९ नम्बरको ट्रिपरले मंगलबार ना.३३ प ८६४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाइकल चालक नवलपरासी गैंडाकोट नगरपालिका–७ बस्ने २४ बर्षीय अनिल जि.सी.र मोटरसाइकल पछाडी सवार हेटौडा उपमहानगरपालिका–५ बस्ने २३ बर्षीया पुनम बि.क.लाई उपचारार्थ चुरेहिल अस्पताल हेटौडा लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको छ ।  दुवै सवारी साधन नियन्त्रणमा लिई फरार ट्रिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    मकवानपुर : हेटौडा उपमहानगरपालिका–१ स्थित सामरी पुलमा भैंसेबाट हेटौडातर्फ जाँदै गरेको ना.६ त १०५१ नम्बरको ट्याक्टरले मंगलबार पैदलयात्री हेटौडा उपमहानगरपालिका–१४ बँदेलधाप बस्ने १५ बर्षीय आकाश लोप्चनलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । सवारी साधन नियन्त्रणमा लिई फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    ईलाम : रोङ गाउँपालिका–४ स्थित मेची राजममार्गमा झापाबाट ईलामतर्फ रोलर लोड गरी आउँदै गरेको ना.४ ख ३६९ नम्बरको ट्रक मंगलबार अचानक सडकबाट अंदाजी २ सय ५० मिटर तल खस्न गई दुर्घटना हुँदा रोलर चालक ईलाम नगरपालिका–४ बस्ने ४२ बर्षीय भिम नेम्बाङको घटनास्थलमै मृत्यु भएको छ ।
    दुर्घटनामा ट्रक चालक ईलाम नगरपालिका–१० गोदक बस्ने ४६ बर्षीय सिंहराज महत र सहचालक सुनसरी दुहबी भलुवाई गाउँपालिका–१२ बस्ने १५ बर्षीय करण बि.सि. घाईते भएकोले उपचारको लागि बिएनसि बिर्तामोड झापा लगिएको छ ।
    बाँके : बैजनाथ गाँउपालिका–८ फत्तेपुर भन्ने स्थानमा चाँदनी चोकबाट टिटिहिरियातर्फ जाँदै गरेको ना.२ ख ९८६४ नम्बरको ट्रकले मंगलबार साईकल यात्री सोही स्थान बस्ने ५० बर्षीय सोहरब थारुलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । ट्रकलाई नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    काठमाडौं : बुढानिलकण्ठ नगरपालिका–६ हात्तीगौंडा स्थित वुढानिलकण्ठबाट चक्रपथतर्फ जाँदै गरेको बा.८५ प ५१५३ नम्बरको मोटरसाइकलले मंगलबार पैदलयात्री सोही स्थान बस्ने ४४ बर्षीय विश्वजित थापालाई ठक्कर दिई भाग्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकलमा सवार वुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने १७ बर्षीय आश्रीत श्रेष्ठ र  भक्तपुर मध्यपुर नगरपालिका–१७ बस्ने १७ बर्षीय प्रयाग श्रेष्ठको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ ।
    दुर्घटनामा बा.८५ प ५१५३ नम्बरको मोटरसाइकल बा.८९ प १३७५ नम्बरको स्कुटरलाई ठक्कर दिंई उछिट्टिएर बा.२ ख १८८८ नम्बरको माईक्रो बसमा ठोक्किएको थियो । दुर्घटनामा घाईते भएका विश्वजित थापा र बा.८९ प १३७५ नम्बरको स्कुटर चालक खोटाङ घर भई बुढानिलकण्ठ चपली बस्ने १७ बर्षीय ईमोस राईको सोही अस्पतालमा उपचार भईरहेको छ । तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।