धारिलो हतियार प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

मकवानपुर, २९ कात्तिक
    धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा मनहरी गाँउपालिका–७ बस्ने ३२ बर्षीय सुमन बराईलीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
    बराईलीले मनहरी गाँउपालीका–७ बिजौना बस्ने ५२ बर्षीय सिताराम धिताल, १६ बर्षीय सुमन धिताल र ६० बर्षीय  जित बहादुर ब्लोन समेत ३ जनालाई खुकुरी प्रहार गर्दा गम्भीर घाईते भएकोले उपचारको लागि प्राथमीकि स्वाथ्य केन्द« मनहरी लगिएकोमा सिताराम धितालको उपचारको क्रममा तथा २ जना घाईतेको जिल्ला अस्पताल भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।