लागू औषध गाँजा बरामद

सिराहा , २९ कात्तिक
     धनगढीमाई नगरपालिका–१ भगवानीपुर स्थित भित्रि सडक खण्डमा ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको गस्ति प्रहरी टोलीले मंगलबार बोरामा अंदाजी पाँच किलो लागु औषध गाँजा फेला परेकोले बरामद गरेको छ ।
    प्रहरी टोलीलाई देख्ना साथ नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना ब्यक्तिहरुले बोरा फाली फरार भएकोले उक्त बोरा खोली हेर्दा लागु औषध गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।
    फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।