लागू औषध गाँजा सहित पक्राउ

पर्सा, २९ कात्तिक
    पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ४३ बर्षीय मदन प्रसाद चौहानलाई लागू औषध गाँजा अंदाजी पाँच किलो सहित प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
    सोही स्थान स्थित मधुबनी चोकमा प्रहरी चौकी धोरेबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा मदन प्रसाद चौहानको झोलामा उक्त परिमाणको लागू औषध फेला पारी नियन्त्रणमा लिएको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।