ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २९ कात्तिक
    ठगी गरेको अभियोगमा काठमाडौ महानगरपालिका–२६ ठमेलस्थित ओशो भिजन ट्राभल्स एण्ड टुर्सका संचालक गोरखा सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ बर्षीय हरि प्रसाद भट्ट, काठमाडौं महानगरपालिका–३० डिल्लीवजार बस्ने २८ बर्षीया मुना सिंह र धादिङ वेनिघाट नगरपालिका–८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका लोलाङ्ग वस्ने ३७ बर्षीया अप्सरा पाण्डेलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
    उनीहरुले सायन्स क्लव एभरेष्ट सोसल गु्रपका ५५ जना व्यक्तिहरुलाई ५ दिने ईन्डोनेसिया टुर प्याकेजको लागि पठाउने भनि २६ लाख ७३ हजार ३ सय रुपैयाँ उठाई नक्कली टिकट बनाएका थिए ।
    पक्राउ ३ जना संचालकहरुलाई महानगरीय प्रहरी बृत्त लैनचौरले नियन्त्रणमा लिई सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।