हतियार सहित पक्राउ

काठमाडौं, २९ कात्तिक
    दाङ : लमही नगरपालिका–९ तरुले बस्ने २७ बर्षीय किरण बि.क.लाई १ नाल भरुवा बन्दुक सहित ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको छ ।
    बारा : महागढीमाई नगरपालिका–१ बस्ने २२ बर्षीय सोनु सिंहलाई ०.२२ क्यालिभरको गोली ७ राउण्ड सहित प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलीले महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर नजिकै रहेको होटलमा मादक पदार्थ सेवन गरी बसिरहेका सिंहको शरिर खानतलासी गर्दा पाईन्टको खल्तीमा प्लाष्टिक भित्र राखेको अवस्थामा उक्त गोली फेला पारी नियन्त्रणमा लिएको हो ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।