आगलागीबाट धनमाल क्षती

रामेछाप/रुपन्देही/बाँके, २१ मंसिर
    रामेछाप : गोकुलगंगा गाउँपालिका–४ लिसेखानी बस्ने योगबहादुर तामाङको कटेजमा बुधबार करेन्ट सर्ट भई आगलागी हुँदा कटेज पूर्णरुपमा जलेर करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी चौकी बेताली र स्थानियवासीको सहयोगमा उक्त आगो नियन्त्रणमा आएको थियो ।
    रुपन्देही : मायादेवी गाउँपालिका–३ गुरबनियास्थित श्याम प्लाईउड उद्योगमा बिहीबार बिजुली सर्ट भई आगलागी हुँदा करीब ६० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय बेथरीको प्रहरी टोली, दमकल र स्थानियवासीको सहयोगमा उक्त आगो नियन्त्रणमा आएको थियो ।
    बाँके : खजुरा गाउँपालिका–८ दंगालपुर बस्ने मोसुक शेखको गोठमा बुधबार आगलागी हुँदा करीब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोली र स्थानियवासीको सहयोगमा उक्त आगो नियन्त्रण आएको थियो ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।