वेहोस भएर मृत्यु

पाल्पा, २१ मंसिर
    रामपुर नगरपालिका–६ बस्ने ७४ वर्षीय झुलबहादुर कुमालको वेहोस भएर मृत्यु भएको छ । सोही ठाउँस्थित दरैठाटी माबि बिजयपुर दर्छा रामपुर मतदानस्थलमा मतदान गरी आफ्नै घर फर्कने क्रममा मतदानस्थल बाहिर अचानक बेहोस भएका उनको उपचारको लागि रामपुर अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । उनी दमको रोगी भएको बुझिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।