मतदान केन्द्रबाट खुकुरी सहित पक्राउ

सल्यान/नवलपरासी, २१ मंसिर
    सल्यान : बनगाड कुपिण्डे नगरपालिका–७ कृष्ण मावि संग्रही मतदान केन्द्रमा जाँच गर्ने क्रममा सोही ठाउँ बस्ने  २८ वर्षीय शान्तबहादुर बस्नेतलाई १ थान खुकुरी सहित मतदानस्थलमा खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
    नवलपरासी : बर्दघाट सुस्ता पुर्व बुङिदकाली गाउँपालिका–६ गाविस भवन डाडाँथर मतदान केन्द्रमा फर्जी मत दिन आएका सोही ठाउँ बस्ने २५ वर्षीय सुदर्शन कडेल, सोही नगरपालिका–१ बस्ने २६ वर्षीय करण थापा र २३ वर्षीय जगतबहादुर माकीलाई साथमा रहेको खुकुरी सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।