उक्त कार्यक्रममा यस केन्द्रका प्रहरी नायव उपरीक्षक प्रहरी नायव उपरीक्षक रविन विष्टले यस तालिम केन्द्रको बार्षिक गतिविधि सहितको स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट पूर्व प्रहरी नायव
निरीक्षकद्वय तेज बहादुर तामाङ र अम्बर बहादुर राईलाई दोसल्ला ओढाई कदर पत्र प्रदान गर्नुका साथै बर्षभरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु र ५७ औं वार्षिकोत्सवको अवसरमा यस तालिम केन्द्रद्वारा आयोजित विभिन्न खेलमा विजेता प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भई सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।