E-Bulletin
Ashar, 2080
- TRAINEE OF THE WEEK २०८० असार चौंथो सप्ताह
- निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
(२०८० असार २९ गते):
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, सचिव श्रीमान् सुरेश राउतज्यूले आज मिति २०८० असार २९ गते यस तालिम केन्द्रको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा तालिम केन्द्रका भौतिक तथा प्रशिक्षण पूर्वाधारहरुको स्थलगत निरीक्षण तथा अभिरुचीपूर्वक अवलोकन गर्नु भयो । यसै अवसरमा यस तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीज्यूले आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, सचिव श्रीमान् सुरेश राउतज्यू समक्ष तालिम केन्द्रका गतिविधि सम्बन्धि संक्षिप्त प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । निरीक्षण तथा अवलोकन पश्चात श्रीमान् सचिव श्रीमान् सुरेश राउतज्यूले यस तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही क्रममा यस तालिम केन्द्रका समादेश प्रहरी बरिष्ठ उपरीक्षक श्रीमान् राजन अधिकारीज्यूले आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, सचिव श्रीमान् सुरेश राउतज्यूलाई मायाको चिनो समेत प्रदान गर्नुभयो । निरीक्षणको सिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूलगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।
- निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
(२०८० असार २७ गते):
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्रद्धेय श्रीमान् राजेशनाथ बास्तोलाज्यूले आज मिति २०८० असार २७ गते यस तालिम केन्द्रको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा तालिम केन्द्रका प्रशिक्षण गतिविधीहरु, भौतिक तथा प्रशिक्षण पूर्वाधारहरु र कार्यालयका विभिन्न शाखाहरुको स्थलगत निरीक्षण तथा अभिरुचीपूर्वक अवलोकन गर्नु भई तालिम केन्द्र परिसरमा जडान गरिएको Water Treatment Plant को शुभारम्भ एवं नव निर्मित Stand By Room को समुद्घाटन गर्नु भएको थियो । यसै अवसरमा यस तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले श्रीमान् प्रदेश प्रहरी प्रमुखज्यू समक्ष तालिम केन्द्रका गतिविधि सम्बन्धि संक्षिप्त प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । निरीक्षण तथा अवलोकन पश्चात श्रीमान् प्रदेश प्रहरी प्रमुखज्यूले यस तालिम केन्द्रमा कार्यरत तथा प्रशिक्षणरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही क्रममा यस तालिम केन्द्रका समादेश प्रहरी बरिष्ठ उपरीक्षक श्रीमान् राजन अधिकारीज्यूले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूमा धन्यवाद ज्ञापन गर्दै प्राप्त निर्देशनको अक्षरस: कार्यन्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो । निरीक्षणको सिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, प्रहरी नायव उपरीक्षक विनोद सुनुवार लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।
- गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण प्रशिक्षकहरुलाई सम्मान कार्यक्रम
(२०८० असार १८ गते):
गुरु ब्रम्हा गुरु बिष्णु गुरु देवो महेश्वर
गुरू साक्षात परमं ब्रम्हा तस्मै श्री गुरुवे नम:
गुरु पूर्णिमाको पावन अवसरमा यस कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभूत तालिम ४-१४० औं समूहद्वारा यस तालिम केन्द्रमा कार्यरत सम्पूर्ण आन्तरिक तथा बाह्य प्रशिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम सु-सम्पन्न भयो ।
यस केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम प्रशिक्षार्थीहरुद्वारा गुरु पूर्णिमा सम्बन्धित विभिन्न विधागत रचनाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
- Interaction with Women Entrepreneurs’’ कार्यक्रम
(२०८० असार १८ गते):
उद्यमशील हातहरु सफलताका कारक हुन भन्ने अभिप्रायले यस कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रशिक्षक वर्ग तथा प्रहरी जवान आधारभूत तालिम ४-१४० औं समूका प्रशिक्षार्थीहरुलाई “Interaction with Women Entrepreneurs’’ कार्यक्रम अन्तर्गत International Beautician Academy का संस्थापक श्रीमती निरम बस्नेत तथा Nepal Life Insurance Co.Ltd. का Senior Agency Manager श्रीमती चन्द्रकला सुवेदी पौडेलज्यूद्वारा उत्प्रेरणामूलक प्रस्तुतीकरण गर्नुका साथै अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि यस तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीज्यूद्वारा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुका साथै मुख्य अतिथि वर्गलाई कदर-पत्र समेत प्रदान गर्नुभयो ।
- Veterans Friendship Football Match
(२०८० असार १६ गते):
समुदाय प्रहरी साझेदारी (Community Police Partnership) कार्यक्रम अन्तर्गत आज मिति २०८० असार १६ गते यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र,विराटनगरको खेल मैदानमा यस तालिम केन्द्रमा कार्यरत प्रशिक्षक प्रहरी कर्मचारीहरु एवं विराटनगर महानगरपालिका वडा नं.- १, पुष्पलाल चोक स्थित Kulyfyang Club बिच मैत्रीपूर्ण प्रतिस्पर्धात्मक फुटवल खेल सम्पन्न भयो । दुबै टीमका खेलाडीहरुबाट उत्कृष्ट प्रदर्शन भएको उक्त रोचक खेलमा Kulyfyang Club विजयी बन्न सफल भएको थियो । बिजेता टीमलाई हार्दिक
बधाई
।
- साँस्कृतिक कार्यक्रम सम्पन्न
(२०८० जेठ २५ गते):
यस कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभूत तालिम ४-१४० औं समूहको अतिरिक्त क्रियाकलाप कार्य तालिका अन्तर्गत प्रशिक्षार्थीहरुका अन्तर्निहित प्रतिभाहरुको प्रस्फुटन गरी विविधतायुक्त सँस्कृतिहरुको संरक्षण र संवर्धन गर्दै एक आपसमा एकता, पारस्परिक सद्भाव र आत्मियताको सन्देश प्रवाह गर्ने उद्देश्य सहित साँस्कृतिक कार्यक्रम सु-सम्पन्न भयो ।
उक्त कार्यक्रममा यस तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीज्यू, सह-समादेशक तथा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा, प्रहरी निरीक्षकहरु, प्रशिक्षक वर्ग एवं सम्पूर्ण प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
- POLICE OF THE MONTH २०८० जेठ
(२०८० असार १० गते):
- प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाकोक नतिजा प्रकाशन तथा अन्तरवार्ता तालिका सम्बन्धी सूचना ।
(२०८० असार १० गते):