समुदाय प्रहरी पार्क उद्घाटन कार्यक्रम सम्पन्न
(२०८० असोज ११ गते):
सुनसरी जिल्लाको हरिनगरा गाँउपालिका र कोशि गाँउपालिकाको आर्थिक सहयोग तथा यस कोशी प्रदेश प्रहरी तालिम केन्द्रको समन्वय र सहकार्यमा यस तालिम केन्द्रको परीसरमा वालवालिकाहरुको लागी खेलकुद सामाग्रीहरु सहितको Fun-Park र यसै पार्क संगै वयस्कहरुको लागी Outdoor Gym निर्माण भई सर्वसाधारणहरुको लागी खुल्ला रहने गरी हरिनगरा गाँउपालिका अध्यक्ष गफार अंसारी मीयाँ र कोशी गाँउपालिका अध्यक्ष अयुव अंसारीको समुपस्थितिमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीज्यू समेतले संयुक्त रुपमा समुदाय प्रहरी पार्कको उद्घाटन गर्नु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिमकेन्द्र, विराटनगरका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्टज्यू ,विराटनगर महानगरपालीका वडा नं. -१२ का वडाध्यक्ष श्री हीरा कामतज्यू, विराटनगर महानगरपालिका वडा नं.-१६ का वडाध्यक्ष श्री हिरा कामतज्यू लगायत स्थानिय भद्रभलाद्मी सर्वसाधारण तथा साना बालबालिकाहरु समेतको उपस्थिति रहेको थियो ।