यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र,विराटनगरमा संचालित ''प्रहरीसंग एक दिन" कार्यक्रममा Sun Beam English School दुहवी, सुनसरीबाट सहभागी ९५ जना विद्यार्थीहरुलाई यस केन्द्रको विभिन्न शाखाहरु,भौतिक पूर्वाधार लगायत समुदाय प्रहरी पार्क,कवाज मैदान, कोतगार्ड,खेलमैदान, बाधापार ईलाका आदि स्थानहरुको भ्रमण गराउनुका साथै तालिम केन्द्रमा सञ्चालन हुने विभिन्न गतिविधि समेटिएको भिडियो समेत प्रस्तुत गरिएको थियो ।