(२०८० माघ १८ गते):
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्रद्धेय श्रीमान् चन्द्र कुबेर खापुङज्यूले आज मिति २०८० माघ १८ गते यस तालिम केन्द्रको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा तालिम केन्द्रका प्रशिक्षण गतिविधीहरु, भौतिक तथा प्रशिक्षण पूर्वाधारहरु र कार्यालयका विभिन्न शाखाहरुको स्थलगत निरीक्षण तथा अवलोकन गर्नु भएको थियो । त्यस पश्चात यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीज्यूले
श्रीमान् प्रदेश प्रहरी प्रमुखज्यू समक्ष तालिम केन्द्रका गतिविधि सम्बन्धि संक्षिप्त प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । अन्तमा श्रीमान् प्रदेश प्रहरी प्रमुखज्यूले यस तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही क्रममा यस तालिम केन्द्रका समादेश प्रहरी बरिष्ठ उपरीक्षक श्रीमान् राजन अधिकारीज्यूले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङज्यू लगायत निरीक्षणको सिलसिलामा उपस्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत सिनियर प्रहरी अधिकृतहरुमा धन्यवाद ज्ञापन गर्दै प्राप्त निर्देशनको अक्षरस: कार्यन्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको थियो ।