तालिम उद्घाटन कार्यक्रम सम्पन्न
(२०८० कार्तिक १३ गते):
मिति २०८० कात्तिक १३ गते बाट यस केन्द्रमा संचालन भएको ४५ कार्य दिन अवधिको ट्राफिक नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम दोस्रो समूहको तालिम संयोजक प्रहरी निरीक्षक अर्जुन कुमार बस्नेतज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सु-सम्पन्न भयो ।
तालिम उद्घाटन कार्यक्रम सम्पन्न
(२०८० कार्तिक १३ गते):
यस केन्द्रमा संचालन भएको ०६ कार्य दिन अवधिको हतियार ह्याण्डलिङ (प्र.ज. देखि ज.प्र.अ.) अनुशिक्षण तालिम छैठौं समूहको तालिम संयोजक प्रहरी नायव उपरीक्षक रविन बिष्टज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सु-सम्पन्न भयो ।
मैत्रीपूर्ण फुटबल खेल सम्पन्न
(२०८० कात्तिक १५ गते):
यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको खेल मैदानमा यस केन्द्रका समादेशक प्र.व.उ.राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा मैत्रीपूर्ण फुटबल खेल सु-सम्पन्न भयो ।
उक्त खेल यस केन्द्रका सि.प्र.अ. VS जु.प्र.अ. तथा प्र.व.ह., प्र.ह. VS प्र.ज. बिच भएको थियो ।