“स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम” सम्पन्न
(२०८० भाद्र ०४ गते):
यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रहरी दिवश २०८० को अवसरमा “Prevention is better than cure” भन्ने नाराका साथ नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौद्वारा सञ्चालित स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भयो ।
उक्त सचेतनामूलक कार्यक्रममा नेपाल प्रहरी अस्पतालबाट खटिई आउनु भएको बिज्ञ प्राविधिक प्रहरी डाक्टरहरुद्वारा यस तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी साथै प्रशिक्षणरत प्रशिक्षार्थीहरुलाई प्राथमिक उपचार, क्यान्सर तथा मृगौलासंग सम्बन्धित रोगबाट बच्ने उपाय, रोगका मुख्य लक्षण, रोग लाग्न सक्ने कारणहरुबारे जानकारी गराउनका साथै यस केन्द्रमा कार्यरत ईच्छुक प्रहरी कर्मचारी तथा प्रशिक्षणरत प्रशिक्षार्थीहरुले Blood sugar test, Pap. Smear Test (पाठेघरको मुखको परीक्षण), Urine R/M/E +UPT, Dental Test आदि परीक्षणको समेत सेवालाभ लिएका थिए ।