अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ
२०७८-०६-१६
- A
- A-
- A+
सर्लाही, २०७८ असोज १६ गते
मलंगवा नगरपालिका-९ दशगजाबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत सितामाढी सोनबर्सा-३ बस्ने २१ वर्षीय धर्मेन्द्र मण्डल र सोही ठाउँ बस्ने १९ वर्षीय भोला कुमार साह रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेका ४/५ जना ब्यक्तिहरुले प्रहरी चौकी गोरखकाली र बिओपी टावरबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ झोला फाली भाग्ने क्रममा उनीहरुमध्ये धर्मेन्द्र र भोलालाई पक्राउ गरेको हो । साथै झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
अन्य फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।