अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७८-११-२५
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-२ फुर्केखोलास्थित सडकबाट करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका-३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका-१ बस्ने २४ वर्षीय लिमु रजकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा जेब्रा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
पर्सा, पटेर्वासुगौली गाउँपालिका-३ स्थित सडकबाट करिब २५ किलोग्राम अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त लागूऔषध २ जना अपरिचित ब्यक्तिहरुले भारततर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।