प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

२०७८-११-२६

  • A
  • A-
  • A+
Share

सल्यान, छत्रेश्वरी गाउँपालिका-३ झिम्पे बस्ने १९ वर्षीय माधव पुनलाई १ थान भरुवा बन्दुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २७ वर्षीय लोक बहादुर पुन र माधव पुन भरुवा बन्दुक लिई सिकार खेल्न जाने क्रममा घर नजिकै लोक बहादुरले माधवलाई बन्दुक समात्न दिएकोमा उक्त बन्दुक पड्किन गई लोकबहादुर घाइते भएको भन्ने खबर प्राप्तहुनासाथ अस्थायी प्रहरी पोष्ट पोखरीडाँडा र इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले माधवलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घाइते लोकबहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

सुनसरी, बराहक्षेत्र नगपालिका-७ बुद्धचोकबाट १ थान भरुवा बन्दुक बुधबार राति प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने ३० वर्षीय जुद्धबहादुर तामाङले मादक पदार्थ सेवन गरी हो-हल्ला गरी उनकै घर अगाडि भरुवा बन्दुक पड्काई भाग्ने क्रममा आफै लडेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । घाइते जुद्ध बहादुरको स्थानीय नगर अस्पताल चक्रघट्टी हुँदै थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
एकनाले भरूवा बन्दुक एवम् बारूदसहित ४ जना पक्राउ
२०८०-१२-१३

पाल्पा, रैनादेबी छहरा गाउँपालिका-७ पहेलाघाटबाट १ थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने छर्रा र बारूद सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ ईटीया बस्ने ५६ वर्षीय बिनोद थापा, रूपन्देही सैनामैना नगरपालिका-५ बस्ने ३१ वर्षीय सन्तोश राना, रुपन्देही सैनामैना नगरपालिका-१० बस्ने ४१ वर्षीय सुकई थारू र रैनादेबी छहरा गाउँपालिका-७ धावा बस्ने २४ वर्षीय बुद्द बहादुर भन्ने रमेश कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले रमेश कुमाललाई उनकै घरबाट १ थान भरूवा बन्दुक तथा रैनादेबी छहरा गाउँपालिका-७ पहेलाघाटबाट बिनोद, सन्तोश र सुकईलाई बन्दुक छर्रा र बारूदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल र भरूवा बन्दुकसहित दुई जना पक्राउ
२०८०-१२-०९

रूकुम पूर्व, भुमे गाउँपालिका-९ गोठिवाङ बस्ने ३९ वर्षीय नविन मल्ल भन्ने विश्व विक्रम मल्ललाई पेस्तोल १ थान र सोही पेस्तोलको खालि म्याग्जिन १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । पाल्पा, रैनादेबि छहरा गाउँपालिका-४ ठुलीपोखरीस्थित जंगलबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका-४ दागिल बस्ने ४६ वर्षीय बद्री भन्ने लिला बहादुर खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुझूङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोलीसहित दुई जना पक्राउ
२०८०-१२-०६

सर्लाही, बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त टोलीले सोही ठाउँ डेरा गरी बस्ने जितेन्द्रको कोठाबाट उक्त हातहतियारसहित पक्राउ गरेको हो । साथै उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीतर्फ लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरीयास्थित बाटोमा जितेन्द्र गाडीबाट भाग्न खोजे पश्चात प्रहरीले गोली फायर गरी नियन्त्रणमा लिएको हो । साथै गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।