भरुवा बन्दुक सहित २ जना पक्राउ
२०७८-१२-०३
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-१२ लुडेडाँडाबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय पूर्ण बहादुर राना र ५० वर्षीय लाल बहादुर ब्लोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्ण बहादुरको घरबाट १ थान खाली भरुवा बन्दुक र लाल बहादुरको घरबाट १ थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।