अवैध लागूऔषध सहित पक्राउ
२०७८-१२-०५
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-१४ रातोडाँडाबाट नियन्त्रित लागूऔषध फेनारागन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल र नुर्फिन ४५ एम्पुल सहित सोही महानगरपालिका-११ रानीपौवा बस्ने मादी गाउँपालिका-३ घर भएका २५ वर्षीय राजेन्द्र परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, बिश्रामपुर गाउँपालिका-१ बह्रम चोकबाट करिब २० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत मोतीहारी पूर्बी चम्पारण बिहार कुसमाहबा टोल बस्ने ३६ वर्षीय मोहमद मासुमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एफ ५१५६ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक मोहमद मासुमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ८ सय ट्याब्लेट प्रतिबन्धित औषधि ट्रामाडोलसहित दाङ तुल्सीपुर उपमहानगरपालिका-१८ बस्ने २२ वर्षीय बिकास विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका विकलाई उक्त औषधिसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।