तास खेलिरहेको अवस्थामा पक्राउ
२०७८-१२-०६
- A
- A-
- A+
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित भुवन खड्काको ग्रिन भ्याली होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७८ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।