मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७८-१२-०६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ३० वर्षीय नेजामुल हक अन्सारीको ना.५५ प ४९८६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका-१४ बस्ने २३ वर्षीय सुमन पटेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
अन्सारीको घर आँगनमा पार्किङ गरी राखिएको उक्त मोटरसाइकल शुक्रबार चोरी गरी सोही ठाउँस्थित सिर्सिया ड्राईपोर्टको पुरानो कन्टेनर भित्र लुकाइ छिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ