प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चरित्र हत्या गर्ने उद्देश्यले युट्युव मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गर्ने पक्राउ

२०७८-१२-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, चरित्र हत्या गर्ने उद्देश्यले युट्युव च्यानल मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-१० बस्ने  सुनसरी बराहक्षेत्र नगरपालिका-३ घर भएकी ३० वर्षीय  शर्मिला वाईबालाई शुक्रबार प्रहरीले पक्राउ गरेको    छ । 

युट्युव च्यानलहरुमा पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी ‘सेलेब नेपाल’ र ‘एवन मिडिया च्यानल’ मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरी  शर्मिलाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि उनलाई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनको सहयोगमा प्रहरी प्रधान कार्यालय साइवर व्यूरो भोटहिटीबाट खटिएको प्रहरीले चितवनबाट पक्राउ गरेको हो । 

उनी उपर अदालतबाट ७ दिन म्याद थप भई  आवश्यक अनुसन्धान भइरहेको छ ।  


सम्बन्धित समाचार
बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा पक्राउ
२०७८-०७-०७

काठमाडौं, एक महिलालाई बेल्जियमा काम लगाईदिन्छु भन्दै बैंकक पुर्‍याई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं  सिनामंगलबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ समेत लिई सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्‍याई थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएकी पीडितको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले हालसम्म फरार रहेका राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार (नियन्त्रण) ऐन,  २०६४ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको उक्त व्यूरोले जनाएको छ । 

अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गर्ने विदेशी नागरिक पक्राउ
२०७८-०७-०७

कास्की, विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी  यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी  पक्राउ गर्नुका साथै बालकहरुको उद्दार गरेको हो ।  उनी उपर जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।