अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७८-०६-१७
- A
- A-
- A+
कास्की, २०७८ असोज १७ गते
पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-८ बस्ने पाल्पा माछागढी गाउँपालिका-१ घर भएका २१ वर्षीय अजय घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ ख ९७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।