नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-१२-१३
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५८ ट्याबलेट सहित सप्तरी हनुमाननगर गाउँपालिका-९ बस्ने २४ वर्षीय महम्द गुलावलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०३-००१ ख ०२०१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।