अवैध लागुऔषध सहित पक्राउ
२०७८-१२-१७
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-६ स्थित सडकबाट करिब २८ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-४ गुराँस बस्ती बस्ने ४३ वर्षीय किशोर सुनुवार र काठमाडौं महानगरपालिका-५ हाडीगाउँ बस्ने ३१ वर्षीय सन्त महर्जन रहेका छन् । प्र.३-०१-००६ ख ०६२६ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।