अवैध लागुऔषध सहित पक्राउ
२०७८-१२-१८
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थितबाट करिब ७ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय राजेन्द्र केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प ७६५८ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक केसीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, धनौजी गाउँपालिका-५ स्थित सडकबाट नियन्त्रित लागुऔषध नाईट्रोभेट ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा क्षिरेश्वरनाथ नगरपालिका-७ दुर्गा टोल बस्ने ३३ वर्षीय बिहारीबाबु महतो र सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण कुमार महतो रहेका छन् । प्र.२-०२-००३ प.३०१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेवडियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, बबई गाउँपालिका-३ बस्ने २५ वर्षीय अनिल डाँगी समेत ३ जनालाई करिब १ सय ९० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । डाँगीले तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित होटलमा कोठा भाडा लिई बसि लागुऔषध बिक्री गरिहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ भुजौलीस्थित सडकबाट करिब १२ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत महाराजगंज थाना सुनौली ग्राम बर्गदही नौतनहवा बस्ने २० वर्षीय अनिल साहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । युपि ५३ बिबि ६१४० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहनीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ भावरपुलबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-७ बस्ने २५ वर्षीय प्रेम बहादुर दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ४ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नियन्त्रित लागुऔषध नाईट्राभेट १३ ट्याब्लेट सहित धादिङ निलकण्ठ नगरपालिका-१४ धुँवाकोट बस्ने २९ वर्षीय बलराम गुरूङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३-०२-००६प २६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले जाँच गर्दा चालक गुरूङलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।