अवैध लागुऔषध सहित पक्राउ तथा बरामद
२०७८-१२-२१
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सर्लाही मलंगवा नगरपालिका-३ बस्ने १९ वर्षीय फुल महमद अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८७४ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार अन्सारीलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-१०शिवसागर चोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ३० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका-८ बस्ने २३ वर्षीय मिलन श्रेष्ठ, हरिपुर नगरपालिका-९ बस्ने १५ वर्षीय किशोर र नुवाकोट कुबुनी गाउँपालिका-७ बस्ने २१ वर्षीय शिव दुधराज रहेका छन् । अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
चितवन, राप्ति नगरपालिका-८ ब्रम्हानगरस्थित केराबारीबाट करिब ६० किलोग्राम अवैध लागुऔषध गाँजा सोमबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त बारीमा लागुऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।