अवैध लागुऔषध सहित पक्राउ
२०७८-१२-२२
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ हजार ट्याब्लेट सहित सिरहा कर्जन्हा नगरपालिका-४ बस्तिपुर बस्ने ३७ वर्षीय नन्द किशोर दास तत्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३-०१०००६ ख ०३१० नम्बरको हाईसलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।