अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-०५
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-६ खहरेस्थित रेम्बो रेष्टुरेन्टबाट करिब ४ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित काठमाडौं घर भएका ३५ वर्षीय निराज डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा शंकास्पद रूपमा बस्दै आएका डंगोललाई प्रहरीले आवश्यक सोधपुछ एवम् जाँच गर्दा उनको साथबाट उक्त परिमाणको गाँजा फेला परी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।