प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

२०७९-०१-०६

  • A
  • A-
  • A+
Share

ओखलढुङगा, १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उदयपुर उदयपुरगढी गाउँपालिका-७ घर भएका २० वर्षीय कमल मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सुनकोशी गाउँपालिका-९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।


सम्बन्धित समाचार
प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०७-१६

दैलेख, ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ चान्ने चौतारा बस्ने ४५ वर्षीय नबिन राना र उनकै श्रीमती रत्न रानालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   उक्त ठाउँमा अवैध घरेलु मदिरा नियन्त्रणको लागि प्रहरी चौकी जम्बुकाध र अस्थायी प्रहरी पोष्ट हाडाकोटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा बरामद गर्ने क्रममा उनीहरूले प्रहरीलाई गाली गलौज तथा अभद्र व्यवहार गरेपछि दुवै जनालाई ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०६-०४

संखुवासभा, प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् ।  पाँचखपन नगरपालिका-७ विहीवारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
२०८०-०५-२४

काठमाडौं, प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा सोही महानगरपालिका-१० बुद्धनगर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३० वर्षीय राज कुमार घिसिङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले तिब्र गतिमा अनियन्त्रित तरिकाले आउँदै गरेको बा.३७ प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक घिसिङले प्रहरीसँग अपशब्द प्रगोग गरी बादबिबाद गर्दा नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै हातपात गरेपछि उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ड्यूटीमा खटिएका प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०५-०८

झापा, शिवसताक्षी नगरपालिका-९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् । उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे.४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले लुकाई छिपाई ल्याएको बन्चरो अचानक प्रहार गर्दा घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।  साथै मोटरसाइकलमा चालक अरूण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-१४

रुपन्देही, प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  सियारी गाउँपालिका-७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
२०७९-०७-१७

काठमाडौं, प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पाल्पा तानसेन नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ वीरेन्द्रचोक बस्ने ४५ वर्षीय सरोज कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ साईरामचोकस्थित सम्झना लामाले संचालन गरेको होटलमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा होटल संचालकले होटल बन्द गर्न खोज्दा बिभिन्न अश्लिल शब्दहरू प्रयोग गरी गाली गलोज तथा दुर्ब्यवहार गरि होटलमा समेत तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोलीमाथि नै हातपात गर्नुको साथै प्रहरीको गाडीमा समत क्षति पुर्‍याएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।