अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-०७
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० गुम्बा डेरा गरी बस्ने मनहरी गाउँपालिका-२ हाडीखोला घर भएका ६२ वर्षीया कान्छीमाया भोलन र हेटौंडा उपमहानगरपालिका-१० टिसियन रोड बस्ने १८ वर्षीय किशोरलाई करिब ३ केजी ५ सय २० ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उदयपुर, कटारी नगरपालिका-३ आले डाँडा र सोही नगरपालिका-४ नयाँ बसपार्कबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा, एपेन्डोल-५० लेखिएको ३१ ट्याब्लेट र स्पास्मो ९ ट्याब्लेट सहित कटारी नगरपालिका-४ सिम्ले बस्ने १८ वर्षीय किशोर लगायत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।