अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-०८
- A
- A-
- A+
रुपन्देही, बुटवल उपमहानगरपालिका-११ अनुग्रहपथ डेरा गरी बस्ने सोही ठाउँ घर भएका १९ वर्षीय रबिन चौहान, २५ वर्षीय बिमल काउछा र तिलोत्तमा नगरपालिका-९ बस्ने २३ वर्षीय सागर थापालाई २ ग्राम ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसगर जस्तो देखिने पदार्थ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले लागूऔषध बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ, २ थान मोबाइल, नगद ३१ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।