अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ
२०७९-०१-०८
- A
- A-
- A+
सिरहा, कल्याणपुर नगरपालिका-१ अर्नमा नहरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका-१ गौरीपुर बस्ने २१ वर्षीय मुकेश यादव र सोही गाउँपालिका-३ बस्ने ६० वर्षीय जागेश्वर मण्डल रहेका छन् । स.११ प १९१० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका-९ कोईराली घुम्तीस्थित सडकबाट करिब ४ किलो ५ सय ९४ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-२ कुमाल गौरी बस्ने ३७ वर्षीय सविल मिँया र राप्ती गाउँपालिका-९ भोजखोला बस्ने ४५ वर्षीय शिव मोहमद मिँया रहेका छन् । देविकोटबाट मौरीघाटतर्फ आउँदै गरेको रा.३ प ८३५ नम्बरको मोटरसाइककललाई ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।